राजनीति

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत : शशाङ्क कोइराला



काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिन अगाडि दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको बताएका छन् । 

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदुतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताए । कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौँमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनैतिक मर्यादा विपरीत हुने बताए । 

उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएका कारण समस्या भएको बताउन्दै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने बताए । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठुलो समस्यामा पर्ने बताए ।