Banner News

सुन प्रकरणले विमानस्थल भन्सारका कर्मचारी आन्दोलित



काठमाडौ २४ भदौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले आन्दोलन थालेका छन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले विभिन्न ५ बुँदे माग राख्दै संघर्ष सुरू गरेका हुन् ।
आजबाट घोषणा गरिएको तीन दिने संघर्षका कार्यक्रमअन्तर्गत पेन डाउनदेखि, निकासी पैठारी र यात्रु जाँचपाससमेत बन्द गर्नेसम्मको छ । आज सांकेतिक विरोधस्वरूप ३ घण्टा पेन डाउन गरिएको छ ।
पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुस्ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।