राजनीति

समाजवादी मोर्चाले विराटनगरमा सन्देश सभा गर्दै



काठमाडौँ, २५ भदौ । समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देश सभा गर्दै छ ।

समाजवादी मोर्चाको अवधारणा र उद्देश्य प्रकाश पार्न आज उसले कोशी प्रदेशस्तरीय सभा गर्न लागेको हो । दिउँसो १ बजे विराटनगरमा सभा गर्ने भएको छ ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।