अर्थ

नेप्से परिसूचक ४४.३० अंकले बढ्यो



काठमाडौँ, २५ भदौ । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ ।

नेप्से सोमबार ४४.३० अंकले बढेर १९८६.९९ को विन्दुमा पुगेको छ । २७८ धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर एक अर्ब ५१ करोड ८३ लाख ४३ लाख ३९७ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि २.०६ प्रतिशतले बढेर ३८१.६४ को विन्दुमा कायम भएको छ । १३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ । फाइनान्स उपसमूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त उपसमूहको समूहगत सूचक सर्वाधिक ३.६५ प्रतिशतले बढेको छ ।

थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७८ रुपैयाँ कायम भएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम–२ को सेयर मूल्य ७.४३ प्रतिशतले घटेको छ ।