राजनीति

सरकार ढल्ने चिन्ता छैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट अतालिएका तत्त्वहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन् । 

आज विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाउँदा आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको दाबी समेत गरे । 

‘सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पुर्‍याउने मेरो प्रतिबद्धता छ,’ प्रधानमन्त्रीको भनाई छ । उनले नक्कली भुटानी शरणार्थीबाट सुरु भएको भ्रष्टाचार विरोधी अभियान सुन तस्करी, ललिता निवास हुँदै अघि बढेको पनि बताए ।