Banner News

सुवासजी हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली



काठमाडौँ, २६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गरेका छन् ।

अध्यक्ष ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैं सम्झिरहने उल्लेख गर्दै सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

आलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !’

संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको गएराति निधन भएको थियो । बाथरुममा बेहोस भएका उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।