समाचार

वडा सचिव मृतावस्थामा फेला



डडेलधुरा, २६ भदौ । डडेलधुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका–२ हो ।

अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन् । पन्तको से५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए । 

पन्तको शव अहिले डडेलधुरा अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्त यसअगाडि अमरगढी –१० का सचिव थिए । रासस