समाचार

त्रिभुवन विमानस्थलको पार्किङबाट एक किलो सुन बरामद



काठमाडौँ, २६ भदौ । त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट करिब एक किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

कतारको दोहा हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौँ आएका यात्रुले सो सुन ल्याएको खुलेको हो । उनलाई काठमाडौँ प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाको पहिचान भने प्रहरीले हाल गोप्य राखेको छ ।

स्रोतका अनुसार ती व्यक्तिले सुन पगालेर लेदोको रूपमा मलद्धारमा लुकाएर ल्याएको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।