अर्थ

अर्थतन्त्र यो भन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ: अध्यक्ष ढकाल



काठमाडौँ, २९ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् । 

आज काठमाडौँको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आइआई सिनेमा हलको उद्घाटन गर्दै उनले व्यावसायिक एक्टिभिटिज बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने बताए । अध्यक्ष ढकालले कोरोना भाइरसपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यावसायिक माहौल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गरे ।