Banner News

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग मागिने



काठमाडौँ, ३० भदौ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको जनाएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक चारचोटिसम्म निर्वाचन भइसकेपछि एकप्रकारले भन्यो भने कानुनले निश्चित गर्न मात्रै बाँकी हो कि त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो, “शान्ति प्रक्रिया सुरु भइसकेपछि चारवटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर, फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो । अरू काम भइसके । तर पनि यसलाई निस्कर्षमा पुर्‍याएर एकप्रकारले घोषणा गर्न बाँकी छ…।”

उनले १८ वर्ष लागिसक्दा पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए । खासगरी तीन दल माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एमाले) र अरू सबै पार्टीहरूसँग सहमति गरेर शान्ति प्रक्रियालाई टुंगो लगाउने प्रयास भइरहेको उनले जानकारी गराए ।