समाचार

मानव बेचबिखन : पाँच वर्षमा एक हजार ६०० को उद्धार



काठमाडौँ, ३१ भदौ । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार ६७९ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो । ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार १३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ ।

ब्युरोकै पहलमा ५४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा ६०५ पुरुष रहेका छन् । आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये २१४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए ।

यस्तै, आव २०७९/८० मा ३३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए । रासस