समाचार

आजको मौसम



काठमाडौँ, ३ असोज । हाल मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको जल तह मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा र  देशका बाँकी  भूभागका थोरै  स्थानहरूमा  चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । गण्डकी प्रदेशको एक–दुई  स्थानमा  चट्याङ्ग सहित  भारी वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको  छ।