समाचार

गमगढी बजारमा आगलागी, ८ घर जले



मुगु, ६ असोज । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार गएराति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका छन् ।  जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । 

तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल,  प्रदीप रावल र  पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ । 

त्यसै गरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा,  उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश शाही र पूर्णा लक्ष्मी मल्लको पसलमा पनि पूर्ण क्षति पुगेको छ ।