Banner News

प्रधानमन्त्री प्रचण्ड चीनमा : झिदानले गरे स्वागत



काठमाडौँ, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आज बिहान औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन पुगेका छन् ।

उनलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गरेका छन् । 

प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ ।