राजनीति

नेता कोइराला र खाँडबीच भेट



काठमाडौँ, ६ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन् ।

आज बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाँडलाई भेटेका हुन् । स्रोतका अनुसार आज बिहान ९ बजे कारागार पुगेका कोइरालाले खाँडसँग आधा घण्टा कुराकानी गरेका थिए । भेटका क्रममा उनको मुद्दा र समसामयिक विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।