राजनीति

सरकारमा रहन समाजवादी मोर्चा गठन गरिएको होइन: महासचिव विप्लव



काठमाडौँ, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहन समाजवादी मोर्चा गठन नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो । मोर्चाले सबै कम्युनिष्टहरूलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्ता समेत औंल्याए। महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले का‌ंग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे। महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताएका थिए। जनताको चाहनालाई प्रतिबिम्बित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाई थियो।

उनले भने, ‘यो समाजवादी मोर्चाको उद्देश्य के होइन भने सरकारमा, मन्त्रीमा जाने, खाने। यो होइन। नेपालको अगाडि देखा परेको चुनौतिको सामना गर्न गर्ने उद्देश्यले यो समाजवादी मोर्चा खडा गरिएको छ ।’