राजनीति

प्रधानसेनापति शर्मा भारत प्रस्थान



काठमाडौँ, ७ असोज । प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् ।

सोमबारदेखि  असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी) मा सहभागी हुन प्रधानसेनापित त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।