राजनीति

जहाज खरिदको विरोध गर्नेहरू देशभक्त हुन सक्दैनन् : मन्त्री किराती



काठमाडौँ, १० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद गर्ने अन्तिम चरणतिर रहेको बताएका छन् ।

आज पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरैभन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रिया अघि बढाएको र जहाज खरिदको विषयमा नकारात्मक ढंगले टिप्पणी गर्नेहरु देशभक्त हुन नसक्ने बताए ।

उनले भने, “हामीले बजारमा व्यापक रुपमा देखिएको विसंगतिमाथि हस्तक्षेप गर्ने उद्देश्यले धेरैभन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेका छाँै । जसले जहाज खरिदको विषयमा पनि नकारात्मक ढंगले टिप्पणी गर्छ, तर हामी पारदर्शी ढंगले किन्नेछौँ,” “त्यहाँ कुनै भ्रष्टाचारको भ जोडिने छैन । देशभक्त हुन के ठिक र के बेठिक हो भन्ने छुट्याउनुपर्ने बेला भएको छ ।”

मन्त्री किरातीले पर्यटन बोर्डभित्र ‘खुम्लेकिरा’ रहेको समेत टिप्पणी गरेका छन् । उनले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताए । पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्ने उनको प्रतिवद्धता छ ।