अर्थ

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने



काठमाडौँ, १० असोज । दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।

केन्द्रीय बैंकका अनुसार असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो ।

नेपाल राष्ट्र बैंकका मुद्रण विभागका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने छ ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिने गरी तयारी गरेको मुद्रण विभागले जनाएको छ ।