समाचार

काठमाडौँमा ५ किलो चरेशसहित दुई जना पक्राउ



काठमाडौँ, १३ असोज । काठमाडौँमा पाँच किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो २ बजे काठमाडौँ महानगरपालिका-१६ कालधाराबाट दुई जनालाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनका अनुसार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा छन् ।

उनीहरूबाट पाँच किलो चरेश, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको हो । उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए।