राजनीति

एमाले नेता हरिजन माओवादीमा प्रवेश



काठमाडौँ, १८ असोज । नेकपा (एमाले) का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरु एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेका हुन् । 

माओवादी प्रवेश गर्नेहरुमा एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्ता छन् । उनीहरुलाई अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डल पार्टीमा स्वागत गरेका हुन् ।