समाचार

कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौँ, १८ असोज । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार थिमि तर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र पुरानो थिमिबाट राधेराधे तर्फ जाँदै गरेको बा.५ च २०४९ नम्बरको कार आपसमा ठोक्किएको हो । 

दुर्घटना हुँदा बाटोमा हिँडिरहेका ५८ वर्षीय योगराज बरालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतक बराल धनुषाको जनकपुर नगरपालिका–९ का स्थानीय हुन् । मोटरसाइकल चालक २० वर्षीय मिलन कार्की र कार चालक २९ वर्षीय अनुज प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।