राजनीति

नेपालगन्जमा राति ८ बजेसम्म कर्फ्यु



काठमाडौँ, १९ असोज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।