काठमाडौँ, १९ असोज । नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता चलिरहेको बेला कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले अवरोध गरेकोमा आपत्ति जनाएका छन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले त्रिभूवन विश्वविद्यालयमा ३ बर्षदेखि प्राध्यापकहरुको वृत्ति विकास रोकिएको बताउँदै त्रिवि सेवा आयोगले असोज १४ गतेदेखि प्राध्यापक र सहप्राध्यापकका लागि अन्तर्वार्ता आह्वान गरेको बताए ।
उनले भने, ‘हिजो दिउँसो नेपाल विद्यार्थी संघले तालाबन्दी गर्यो र आदेश गर्यो र यो अन्तर्वार्ता लिन पाँइदैन । खबरदार अन्तर्वार्ता लनिका लागि आउने सेवा आयोगका अध्यक्ष र सदस्यहरुलाई गेटबाटै रोकिन्छ । यसप्रकारको फरमान जारी गर्यो । सरकारको निकट, सरकारको महत्वपूर्ण हिस्सा रहेको नेपाली कांग्रेस निकट रहेको नेविसंघले विश्वविद्यालयमा सेवा आयोगले गरिरहेको काम अवरोध तुल्याएको छ ।’
प्रतिक्रिया दिनुहोस्