काठमाडौँ, २३ असोज । सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाे बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अहिले त्यहाँ युद्धको अवस्था रहेकाले भ्रमण भए रोक्न र भ्रमण नगर्न आग्रह गरेका हुन् ।
उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्