राजनीति

प्रधानमन्त्री र स्वीजरल्याण्डकी नवनियुक्त राजदूतबीच भेटवार्ता



काठमाडौँ, २४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राजदूत मेउली आज बिहान प्रधानमन्त्री दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । प्रधानमन्त्रीको सचिवालय अनुसार आजको भेटमा द्विपक्षीय सहकार्य र दुई देशबिचको सम्बन्ध लगायतका विषयहरूमा छलफल भएको थियो । यसअघिकी राजदूत एलिजाबेथ भोन क्यापलरले आफ्नो साढे पाँच वर्षे कार्यालय समाप्त गरेर स्वदेश फर्किएपछि उनको स्थानमा मेउली नेपाल आएकी हुन् ।