राजनीति

रास्वपा चितवनको पूर्व सभापति आम जनता पार्टीमा प्रवेश



काठमाडौँ, २४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्व जिल्ला सभापति धर्मेन्द्र सापकोटा  आम जनता पार्टीमा प्रवेश गरेका छन् ।

आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा सापकोटा आमजनता पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टी अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले माला लगाएर स्वागत गरेका थिए । उनले पुरानो पार्टीहरूले देश बर्बाद गरिरहेकाले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर  पार्टी प्रवेश गरेको बताए ।