राजनीति

मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ : सभापति लामिछाने



काठमाडौँ, २४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले हेर्न पाउनुपर्ने बताएका छन् ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने उल्लेख गर्दै भ्रष्टाचार भ्रष्टाचार नै हुने र यसमा कुनै लेप लाग्न नहुने बताए । उनले भने, ‘मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो । नीतिगत, योगत उगत भन्ने होइन । भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ ? भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ । कुनै लेप लाग्न हुँदैन । गलत चिज कुनै पनि छ भने हेर्नुपर्छ । जहिलेको पनि हेर्नुपर्छ । यो हाम्रो दलको कुरा हो ।’

सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रस्ट, ओम्नी, यति लगायतका प्रकरणहरूको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न पनि गरे ।