राजनीति

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव संसदबाट स्वीकृत



काठमाडौँ, २६ असोज । अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले दर्ता गरेको संकल्प प्रस्तावलाई सभाले स्वीकृत गरेको हो । संकल्प प्रस्ताव स्वीकृत भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले संकल्प प्रस्तावमा भएका विषयहरुको एकीकृत कार्यायोजना बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए ।

हरेक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र प्रगति प्रतिवेदन सभामा पेश गर्न पनि सरकारलाई निर्देशन भएको छ ।

अपाङ्गता भएका व्यक्तिको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि संविधानप्रदत्त मौलिक हक तथा नेपाल पक्ष रहेको अपाङ्गता अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र सम्बन्धित कानूनहरूको सफल र प्रभावकारी कार्यान्वयन गर्नु नेपाल राज्यका सबै तहका सरकार तथा निकायको उच्च प्राथमिकता रहनेछ ।”