राजनीति

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने शेखर कोइरालाको चेतावनी



काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन् ।

आइतबार विहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले त्यो स्वीकार्य नहुने बताए । माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपेकोमा नेता कोइरालाले विमत्ति जनाएका हुन् ।  यही असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको सरकारले ती वर्ष पदावधि थपेको थियो ।

‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ उनले लेखेका छन् । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने कोइरालाको भनाइ छ । ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस,’ उनले भने ।