राजनीति

सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य



काठमाडौँ, २८ असोज । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छन् ।

आज नेकपा(एमाले) काठमाडौँ महानगर समितिले आयोजना गरेको महानगरस्तरिय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी हुन् । 

उनले भनिन्,  ‘यतिबेला विभिन्न जातिको हिसाबले मेलमिलाप भएर बसेको हाम्रो देशमा कताकता विभिन्न खालको अन्तरविरोधहरु सिर्जना गर्ने काम भएको छ । यो बिल्कुल गलत काम हो भन्ने मलाई लाग्दछ’ ‘अहिलेसम्म हामी जुन ढंगले मिलेर बसेका छौँ, हाम्रो राष्ट्रियतालाई बलियो बनाएर विश्वमै एउटा परिचय र पहिचान दिइराखेका छौँ । त्यो कुरालाई हामीले जिवित बनाउन सक्यौँ भने मात्रै अझै नेपाल र नेपालीको इज्जत रहन्छ । र विश्वसामु हामीले आफ्नो एकतालाई अझै बलियो बनाएर स्थापित गर्नसक्छौँ भन्ने लाग्दछ । संस्कृति हामीले गर्दै आएको पुजाआजा र सद्भाव मात्रै होइन, यसरी पनि हामीले जोडेर जानुपर्छ । र विविधता भएको देशमा एकतालाई मजबुत बनाउन सक्यौँ भने नेपाल र नेपालीको पहिचान बलियो हुन्छ ।’