अर्थ

घुससहित नापी कार्यालयका सर्वेक्षक पक्राउ



झापा, २९ असोज । नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकूर घुससहित रङ्गे हात पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले १ लाख २५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट ७० हजार नगद र ५५ हजारको चेकसमेत बरामद गरेको आयोगले जनाएको छ । पक्राउ परेका उनलाई चन्द्रगढीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।