राजनीति

गैरआवासीय नागरिकता वितरण खुलेआम राष्ट्रघाती कार्यको सुरुआत : प्रभु साह



काठमाडौँ, ३० असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे । तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् ।

शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो । गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुलनेछ । खर्बो खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्याईसकेका तिनिहरुले अब आफनो अचल सम्पति पनि खुलेआम विदेश लान पाउनेछन । नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन । दुनियामा काही न भएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ । विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहरो नागरिकताको प्रावधान ल्याईएको भन्ने हाला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैछ । यस अपराधजन्य कार्यको बिरुद्ध आम जनता एक भएर प्रतिवाद गरौ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार !!