राजनीति

आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्रीलाई



काठमाडौँ, ६ कार्तिक । गैर आवासीय नेपाल संघ (एनआरएनए) समानान्तर कमिटीका अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर के शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताए । सो अवसरमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष शर्माले संघ सरकारसँगको सहकार्य  गर्न तयार रहेको बताएका थिए। आफूले चुनावी घोषणापत्रमा २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा गरेको भन्दै सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।