Banner News

संघीय सरकारविरुद्ध सर्वोच्चमा बागमती सरकारको मुद्दा दर्ता



काठमाडौँ, १३ कार्तिक । संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा बागमती प्रदेश सरकारले रिट निवेदन दर्ता गरेको छ ।

आइतबार बागमती प्रदेश सरकारले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको हो । प्रदेश सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै संघीय सरकारविरुद्धमा रिट दायर गरिएको हो । सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ को विरुद्धमा प्रदेश सरकार सर्वोच्च अदालत पुगेको हो ।

प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।