काठमाण्डौ,१५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगो लगाउने तयारीमा छलफल केन्द्रित थियो ।
संसदीय उपसमितिले चारवटा बुँदा टुंगो लगाउन बाँकी राखेर संसदीय समितिलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त समितिले टीआरसी विधेयक टुंगो लगाउने अन्तिम तयारीमा छ । सोही कारण शीर्ष नेताहरू छलफलमा सक्रिय भएका छन् ।
संयुक्त राष्ट्रसंघमा महासचिव एन्टिनियो गुटेरेसले पनि शान्ति प्रक्रियाका विषयमा चासो राखेका थिए । महासचिव गुटेरेसले द्वन्द्वकालीन मुद्दा टुंगो लगाउने विषयमा पीडितलाई केन्द्रमा राख्न सुझावसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्