Banner News

संसदको काम प्रभावकारी हुन नसक्नुमा सरकार जिम्मेवार छः उपाध्यक्ष पौडेल



काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संसदलाई प्रभावकारी ढंगले चल्न नदिएको बताएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकलाई संबोधन गर्दै पौडेलले सरकार संसद प्रभावकारी हुन्छ कि भनेर आत्तिएको बताए । उनले सदनमा प्रतिपक्षीले बोलेको कुरा सरकारले नसुनेको बताए । उनले संसदमा आफूहरुले आवाज उठाएकै कारण सरकारले सुन तस्करी प्रकरणमा छानविन गर्न समिति बनाउन बाध्य भएको बताए ।

पौडेलले भने, ‘७ महिनासम्म चलेको सदन जति प्रभावकारी र उपलब्धीपूर्ण हुन पर्ने हो, त्यति हुन सकेन । यो सदनको काम प्रभावकारी हुन नसक्नुमा सरकार जिम्मेवार छ । प्रतिपक्षीले बोलेको सरकारले सुनेनन । हाम्रो सामुन्ने तथ्य जगजाहेर छ जायज माग उठाउन प्रतिपक्षीले आवाज उठाएरमात्रै पुगेन वेल पनि घेराउ गर्नुपर्ने भयो ।’