राजनीति

सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए आरके शर्मा



काठमाडौँ, १६ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)का समानान्तर कमिटीका अध्यक्ष आरके शर्मा विगत पाँच वर्ष अघि सुन तस्करीको आरोपमा पक्राउ परेका थिए । उनलाई कतार प्रहरीले सुन तस्करी प्रकरणमा पक्राउ गरेको थियो ।

सन् २०१८ अक्टुवर २३ मा उनलाई कतार प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाही गरेको थियो । तत्कालिन समयमा उनी एनआरएनएका मध्यपूर्वका संयोजक समेत थिए । उक्त समयमा पिजन इन्जिनियरिङ कम्पनीका सञ्चालकसमेत रहेका राजेन्द्र कुमार शर्मा नाम गरेका शर्मालाई कार्यालयबाट घर फर्कने क्रममा कतार प्रहरीले पक्राउ गरेको थियो । पराजित समानन्तर समूहका अध्यक्ष उनी पद तथा राजनीतिक शक्तिको दुरुपयोग गर्दै विभिन्न गैरकानुनी कार्यहरुमा समेत संलग्न हुने गरेको एनआरएनए स्रोतले जानकारी दिएको छ ।

उनी अहिले पनि शक्तिलाई हातमा लिएर अवैध गतिविधिमा संलग्न हुने योजना असफल भएको बताइएको छ । उनी हार्नु आम गैरआवासीय नेपालीको भाग्य र भाविष्य सुन्दर हुँदै जानेमा विश्वास रहेको स्रोतले बतायो । उनले नेपालको अन्तर्राष्ट्रिय स्तरमा शिर झुक्ने कार्य गरेकाले संघको उनले समानान्तर कमिटी स्वघोषणा गर्नु गलत हर्कत गर्न पाउनुपर्छ भनेजस्तो मात्र भएको नाम उल्लेख नगर्ने सर्तमा एक पदाधिकारीले बताए ।

अहिले निर्वाचित अध्यक्ष डा. बद्री केसीको विरुद्धमा लागेर उनले एनआरएनएलाई बदनाम गराउने र संगठनलाई नै असफल बनाउने कार्यमा तल्लिन रहेका छन् । निर्वाचनबाट पराजित भएपछि सत्ता गठबन्धनका तर्फबाट आशिर्वाद लिएका उनले पराजयलाई स्वीकार्नुको साटो मुडभेड तर्फ डोर््याएको भन्दै सोही संगठनका नेताहरुले आक्रोस जनाइरहेका छन् । केही दिन अघि एनआरएनएको बालुवाटारस्थित कार्यालयमा बधाई ज्ञापन कार्यक्रममा उनकै कारण झडप भएको थियो ।

राष्ट्रिय युवा संघ नेपालले निर्वाचित कमिटीलाई अनौपचारिक रूपमा बधाई दिइरहेका बेला पराजित समूहका शर्मासहित पाँच जना आएर हाम्रो कार्यालयमा फोटो किन खिचेको भन्दै झगडा गर्न खोजेपछि सामान्य भनाभन र युवाहरुसँग धकेलाधकेल भएको थियो । शर्माले अध्यक्ष बद्री केसीविरूद्व भ्रम छर्न र संगठनलाई चरम राजनीतिकरण गर्न खोजेको बताइएको छ । चुनावमा पराजित भएका आरके शर्मा समूहले हार स्वीकार्नुको सट्टा आफूले आफैलाई अध्यक्ष घोषणा गरी एनआरएन कव्जा गर्न खोजेको आधिकारीक केसी कमिटी बताउँछन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजनामा परिचालित गरिरहेको समेत स्रोतले दावी गरेको छ । प्रचण्डले आफ्नो कब्जामा एनआरएनएलाई कब्जामा राख्ने प्रयास गरेता पनि असफल भएको सोही स्रोत बताउँछ । प्रचण्डकै निर्देशनमा आरके शर्माको समूहले समानान्तर कमिटी गठन गरेको बताइएको छ ।