समाचार

भाइटीकाको शुभ साइत सार्वजनिक



काठमाडौँ, २० कार्तिक । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।