अर्थ

परिसूचक नेप्से दोहोरो अंकले बढ्यो



काठमाडौँ, २१ कार्तिक । आज पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ ।

आज नेप्से सूचक ११.२२ अंकले बढ्दै १८ सय ५८.७६ अंकमा उक्लिन पुगेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.४६ अंकले बढ्दै ३५८.१९ अंकमा उक्लिएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले जनाएको छ । त्यस्तै निर्जीवन बीमा समूह अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । निर्जीवन बीमा समूहको उपसूचक भने आज ०.१८ प्रतिशतले घटेको छ ।

११ अंकले नेप्से सूचक बढेको यस दिन झन्डै अर्ब रुपैयाँ (९९ करोड ६५ लाख ८६ हजार) बराबरको कारोबार भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२६ प्रतिशतले घट्न पुगेको छ ।