राजनीति

एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, २२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बुधबार बस्दै छ ।

मध्याह्न १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने बताइएको छ । एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ । अभियानमा जनप्रदर्शन, कोणसभा लगायतका गतिविधि गर्ने एमालेले बताएको छ । आज बस्ने सचिवालय बैठकले यसबारे ठोस योजना बनाउने एमालेले बताएको छ ।

केही ठाउँमा ट्र्याक खोल्न बाँकी रहेकाले बाइपासका माध्यमबाट अभियानलाई जोड्दा झन्डै २ हजार किलोमिटर यात्रा गर्नुपर्ने देखिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । पहाडी क्षेत्रमा जाडो बढ्न थालेको र जाजरकोट, रूकुम पश्चिममा भूकम्पका कारण मानवीय तथा भौतिक क्षति भएकाले अभियान सार्नुपर्ने पनि एमालेमा कुरा उठिरहेको छ ।