राजनीति

सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली पुर्‍याउने बालेनको योजना



काठमाडौँ, २२ कार्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कात्तिक २३ गतेदेखि काठमाडौँ महानगरपालिकाको सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली लगेर सुरक्षित रूपमा राखिने बताएका छन् । 

आज सामाजिक सञ्जालमार्फत शाहले बेवारिसे गाई बाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने  तयारी भइरहेको जानकारी दिएका हुन् । 

उनले भनेका छन्, ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन्, बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।’