मनोरञ्जन

‘अण्डर द बोधी ट्री’ मञ्चन, बुद्धको भूमिकामा अरुण क्षेत्री



काठमाडौँ, २२ कार्तिक । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको अन्तिम क्षणको समयलाई समेटेर नाटक ‘अण्डर द बोधी ट्री’लाई मञ्चन गरिएको छ ।

लिच्छवि हाउसले निर्माण गरेको यो नाटकलाई बुद्धले बुद्धत्व प्राप्त गरेकै ठाउँ भारतको बोधगयामा मञ्चन गरिएको हो । बुद्धको भूमिकामा ‘महापुरुष’ फेम्ड अभिनेता अरुण क्षेत्रीले अभिनय गरेका छन् । बोधगयासँगै नाटकलाई भारतमै भएको सिद्धार्थ फेस्टिभलमा समेत मञ्चन गरिएको थियो ।