Banner News

एमालेले १४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने



काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेले आगामी १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने भएको छ । उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।