समाचार

जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु



काठमाडौँ, २६ कार्तिक । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको छ । देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए ।