Banner News

तिहारका लागि काठमाडौँकाे सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ : प्रहरी



काठमाडौँ, २६ कार्तिक । तिहारमा नागरिकको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौँ प्रहरीले जनाएकाे छ । दशैंँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने  र सुरक्षा जोखिम, चोरी तथा लुटपाटकाे सम्भावना रहेका ठाउँलाई मध्यनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको काठमाडौँ प्रहरीले जनाएको हो । 

काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरेका छन्  । 

उनले जथाभाबी पटाका पड्काउँदा आगलागी लगायतका घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरे । उनले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गरेका छन्  । उनले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताए ।