Banner News

कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो होः महासचिव पोखरेल



काठमाडौँ, २७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको बताएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमा सामाजिक सद्भाव बिथोलिने किसिमका सामग्री उत्पादन हुन थालेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को टिकटक बन्द गर्ने निर्णयप्रति टिप्पणी गर्दै उनले नियमनमा जोड दिन आग्रह गरेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनोट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है। अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन । कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो । ध्यान देऊ ।’