राजनीति

पूर्वराजा शाह मंसिर ९ गते झापा जाने



काठमाडौँ, २ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने भएका छन् ।

पूर्वराजा शाह विर्तामोड नगरपालिका १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा झापा जाने भएका हुन् । 

सोही दिन उनले कलेज प्रांगणमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको शाहका संवाद सचिव फणिराज पाठकले शनिवार सूचना जारी गरी जानकारी दिएका छन् ।