राजनीति

राहत र उद्धारको आवश्यकता पर्दा सरकार मैदानबाट भाग्यो : महासचिव पोखरेल

काठमाडौँ, २ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूकम्प पीडित जनतालाई राहत र उद्धार गर्ने बेलामा सरकार मैदानबाट भागेको आरोप लगाएका छन् ।

आज एमाले जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार मैदानबाट भागेपछि नेकपा एमालेले भूकम्प प्रभावित जनताको सेवाका लागि एक हजार स्वयंसेवक खटाएर सहयोग गरिरहेको बताए । 

‘पश्चिम रुकुम र जाजरकोटमा गएको भूकम्पका कारण जनता चिसोले कठ्याङ्ग्रिएर मरिरहेका छन्’ उनले भने, ‘सरकार सुरुका दिनमा हेलिकोप्टरमा सवार त देखियो । जतिबेला जनतालाई राहत र उद्धारको आवश्यकता छ त्यतिबेला सरकार मैदानबाट भागेको अवस्था छ ।’