राजनीति

प्रधानमन्त्री प्रचण्ड र हेल्भेटासकी अध्यक्ष रेगुलाबीच भेटवार्ता



काठमाडौँ, ५ मंसिर । स्विट्जरल्यान्डको विकास संस्था हेल्भेटासकी अध्यक्ष रेगुला राइट्जले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा हेल्भेटासले नेपाललाई गरेको सहयोग र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । हेल्भेटासले अफ्रिका, एसिया, ल्याटिन अमेरिका र पूर्वी युरोपका देशमा मानवीय विकासका क्षेत्रमा काम गर्दै आएको छ ।